काठमाडौं— राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङबाट पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति उदयपुरगढी गाउँपालिका–८, उदयपुर घर भई तारकेश्वर नगरपालिका–५, लोलाङमा बस्दै आएका ३० वर्षीय हिरा बहादुर मगर छन् । 

हिरा बहादुरले पार्किङ गरेका बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा हातहतियार लुकाइएको सूचना पाएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट टोली खटिएको प्रहरीको भनाइ छ।

ट्याक्सीको डिक्की चेक गर्दा प्रहरीले ७ थान पेस्तोल, ६ थान म्यागजिन, ३३ राउण्ड एसएलआरमा प्रयोग हुने गोली, र ह्याण्डसेटको ब्याट्री फेला पारेको छ।

पक्राउ परेका उनीमाथि हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।