समाज

    Showing 7,071-7,080 of 11,162 items.
  • नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश

    काठमाण्डौ— आइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफक छनोटमा नेपालले जापानलाई हराउँदै समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै विजयकी भएको हो ।प्रतियोगितामा लगातारको दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पराजित जापान पनि समान खेलबाट दुई अङ्कका साथ उपविजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको छ ।जापानले प्रस्तुत गरेको एक सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ । नेपालका लागि आसिफ शेखल

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 2,102 पटक पढिएको
  • घूस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षक र जवान विरुद्ध मुद्दा

    काठमाण्डौ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।दुवै जना रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 731 पटक पढिएको
  • करिब ३४ लाख बराबरका अवैध सामान बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले करिब ३४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ। अवैध सामान बोकेको सवारीलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ९०२३ नम्बरको गाडीमा चेकजाँच गर्दा करिब १४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा भेटिएका छन्।त्यसैगरी सोही गाडीबाट झन्डै २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटकाजन्य पदार्थ पनि बरामद गरिएको प्रहरीको भनाइ छ।प्रहरीले गाडीमा सवार रहेका रौतहटको बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदी

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 671 पटक पढिएको
  • टिकटक बनाउन खोलामा हाम फालेका युवक मृत भेटिए

    काठमाडौं— टिकटक भिडियो बनाउन खोलामा हाम फालेका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको हो।लगातार परेको अविरल वर्षाका कारण बाराको दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय  विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गोसाइँ असोज १९ गते आइतबार बिहान ८स् ३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। उनको सशस्त्र प्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 711 पटक पढिएको
  • सरकारले १५ जना सहसचिवको सरुवा

    काठमाडौं— सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 641 पटक पढिएको
  • चितवनमा ९५० नयाँ मतदाता थपिए

    काठमाडौं— निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताए । उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 629 पटक पढिएको
  • सुरक्षा फिर्ता भएपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको घेरामा

    काठमाडौं— सरकारले खर्च कटौती गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्रीहरूका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बसेका छन्।गृह मन्त्रालयको निर्णयअनुसार प्रचण्डका ३४ जना र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। मन्त्रालयले यो निर्णय राज्यको ढुकुटीमा बोझ कम गर्न र मितव्ययिता कायम गर्न लिएको जनाएको छ।सो निर्णयप्रति माओवादी केन्द्र र वाईसीएलले आपत्ति जनाएका छन्। माओवादी नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै,'

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 675 पटक पढिएको
  • हुम्लामा जिप दुर्घटना

    हुम्ला— हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।चंखेलीका बहादुर लामाले चलाएको जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ रहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 635 पटक पढिएको
  • आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।  उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौंमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा तय गरिएको थियो ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 557 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ३५ हजार रुपैयाँमा झरेको छ। यसअनुसार सुनको मूल्यमा प्रति तोला ४,२०० रुपैयाँको कमी आएको हो।चाँदीको मूल्य भने बढेको छ। बिहीबार तीन हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तीन हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर देखिएको छ। आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 728 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.