काठमाण्डौ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

दुवै जना रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत थिए ।