काठमाडौं— सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ३५ हजार रुपैयाँमा झरेको छ। यसअनुसार सुनको मूल्यमा प्रति तोला ४,२०० रुपैयाँको कमी आएको हो।

चाँदीको मूल्य भने बढेको छ। बिहीबार तीन हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तीन हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर देखिएको छ। आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।