समाज

    Showing 6,001-6,010 of 10,129 items.
  • अत्तरियाको होटलमा चक्कु प्रहार, एक युवक गम्भीर घाइते

    कैलाली— कैलालीको गोदावरी नगरपालिका–४, अत्तरियास्थित एक होटलमा चक्कु प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ निवासी ३२ वर्षीय गौरव ऐरमाथि आइतबार राति अत्तरियाको शुभम् होटलमा खाना खाइरहेका बेला चक्कु प्रहार गरिएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार ४–५ जनाको समूहमा आएका व्यक्तिहरूले अचानक आक्रमण गरेका थिए। गम्भीर घाइते भएका ऐरलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि भारत पठाइएको छ।प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारिएको छ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 587 पटक पढिएको
  • एक लाखभन्दा बढी घुससहित लेखा अधिकृत दाहाल अख्तियारको फन्दामा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित पक्राउ गरिएको छ ।लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुस/रिसवतका रूपमा लिएको रु एक लाख २० हजार ५८० कार्यकक्षमा लुकाइराखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोलीले आज नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।उनले भने, “लेखा अधिकृत दाहालको कार्यकक्षबाट घुस÷रिसवतबापतको रकम, मोबाइल डिभाइस एक थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रण

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 462 पटक पढिएको
  • धनकुटामा मिनि ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

    धनकुटा— धनकुटा नगरपालिका–९ स्थित पाँच गोलाईमा मिनि ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।प्र. ३–०१–००३क ६९०६ नम्बरको ट्रक आइतबार राति करिब २ बजे धनकुटाबाट मुलघाटतर्फ जाँदै गर्दा सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा ट्रक चालक उदयपुरगढी गाउँपालिका–५ का २६ वर्षीय नारायण खड्का र सहचालक रानीटार, उदयपुरका २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्। घाइते दुबै जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।घटनापछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस मुलघाट र नेपाल प्रहरीको टोलीले घाइतेको उद्धार गरेका थिए।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 591 पटक पढिएको
  • मनमोहन ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा १५ जना स्टाफ नर्स माग्यो

    काठमाडौं— महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरि १५ जना स्टाफ नर्स माग गरेको छ। त्रिवि चिकित्सासात्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 624 पटक पढिएको
  • आजको मौसमः देशभरका मौसम मुख्यतया सफा रहने

    काठमाडौं— आजको मौसम देशभर मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशभर मौसम मुख्यतया सफा रहने छ ।सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 519 पटक पढिएको
  • सुपर सिक्समा आज नेपाल र कतार खेल्दै

    काठमाडौं— ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दैछ ।  खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुनेछ ।त्यस्तै सुपर सिक्सको अर्को खेल आज युएई र ओमानबीच पनि हुदैछ । सो खेल दिउसो ४:१५ बजेदेखि हुनेछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । नेपालले बुधबार ओमानसँग र शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।रोहित पौडेलको कप्तानीमा रहेको नेपालको १५ सदस्यीय टोलीमा दीपेन्द्र ऐर

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 557 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 663 पटक पढिएको
  • गगन थापा भन्छन् देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बिदाइ गर्न भनेका हुन्। उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।  उनले 'इफ, बट' केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 734 पटक पढिएको
  • तीनकुने चोकमा जेन-जी चोक लेखिएको बोर्ड राख्न खोज्ने ३ जना पक्राउ

    काठमाडौं— काठमाडौंको तीन कुने चोकबाट ३ जनालाई पक्राउ गरिएको छ । चोकको नाम परिवर्तन गर्ने उद्देश्यले नयाँ बोर्ड राखेपछि प्रहरीले आइतबार (आज) उनीहरुलाई नियन्त्रणमा लिएको हो । चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।'चोकको नाम परिवर्तनका लागि पनि निश्चित प्रक्रिया हुन्छ । जेन-जी चोक लेखिएको बोर्ड राख्न लागिएपछि अहिलेलाई हामीले उनीहरुलाई नियन्त्रणमा लिगेका छौं,' प्रहरी उपरीक्षक भट्टराईले भने ।थप अनुसन्धान र उनीहरुको परिचय खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 699 पटक पढिएको
  • पूर्वसभामुख कृष्णबहादुर महरा संगठित अपराध अभियोगमा पक्राउ

    काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरा भन्सार ऐन, २०६४ र संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो।(सिआइबी) का सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले महरा भेप (इलेक्ट्रोनिक सिगरेट) प्रकरणमा संगठित अपराधमा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन्।२०७९ मंसिर १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक एलआइ हेङसोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७३० थान ई(सिगरेट भेप अवैध रूपमा भित्र्याउने प्रयास गरेका थिए। ती सामग्री भन्सा

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 600 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.