समाज

    Showing 5,911-5,920 of 11,162 items.
  • हेटौँडामा सडक विस्तार विवादबीच जेनजी मकवानपुरद्वारा मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र

    रौतहट— हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको मुद्दा चर्किएका बेला स्थानीय युवाहरू सक्रिय बन्दै प्रत्यक्ष रूपमा सरकारसमक्ष आफ्नो माग राखेका छन् ।मंगलबार जेनजी मकवानपुरका प्रतिनिधिहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटी ज्ञापनपत्र बुझाउँदै सडक विस्तारबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भएको स्वीकार्दै पनि पीडितहरूको गुनासो, अधिकार र विकल्पप्रति राज्य गम्भीर हुनुपर्ने माग उनीहरूले अघि सारेका छन् ।जेनजी मकवानपुरका संयोजक सुगम नेगीका अनुसार टोलीले हेटौँडामा तातेको सडक विस्तार, २५ गज सीमा विवाद, मुआब्जा, वैकल्पिक समाधान र पी

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 446 पटक पढिएको
  • नक्कली नेपाली नोट सहित रौतहटमा तीन जना पक्राउ

    रौतहट— रौतहटबाट नक्कली नेपाली नोट सहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।  भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको म

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 439 पटक पढिएको
  • कटहरिया नगरपालिका तत्कालिन सात कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    रौतहट— रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा तत्कालिन सात  कर्मचारी तथा एक संस्थामाथि अख्तियारले  विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाले बजेट स्वीकृत नै नगरेको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको र मिलेमतोमा रकम हिनामिना गरिएको पाइएको हो । आयोगले अनियमित तरिकाले भुक्तानी लिई–दिई नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको ठहर गरेको छ ।कटहरिया नगरपालिका तत्कालिन  निमित्त प्रमुख प्रशासकीय अधिकृत

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 471 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहन्छ

    काठमाडौं—  हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् ।प्रधानमन्त्री कार्कीले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई मजबुत रूपमा सम्बोधन गरेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिको अवस्थाका आधारमा सेवा–सुविधामा प्राथमिकता दिने राज्यको नीति स्पष्ट भएको उल्लेख गरिन् ।सरका

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 417 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

    काठमाडौं— अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमकासाथ मनाइँदैछ । अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।नेपालको संविधानले अपाङ्गता भएका ना

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 500 पटक पढिएको
  • अपांगता भएका व्यक्तिहरूलाई समान पहुँच स्थापति गर्न जरुरीः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।  अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको प्रष्ट पारेका छन् । ‘नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘सं

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 439 पटक पढिएको
  • एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ।४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 559 पटक पढिएको
  • सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

    रौतहट । पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 233 पटक पढिएको
  • हेटौँडा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

    मकवानपुर । हेटौँडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।प्रसाईंका अनुसार भारतमा रेल्वे ट्र्याक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् ।तर नेपालमा भने यसको ठीक उल्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 203 पटक पढिएको
  • पालिका केन्द्र र बस्ती बिकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा

    काठमाडौं । बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो । मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउ

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.