समाज

    Showing 5,731-5,740 of 11,162 items.
  • तनहुँको थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा

    तनहुँ— म्याग्दे गाउँपालिका–४ मा अवस्थित थर्पु अस्पतालमा अब नियमित आँखा उपचार सेवा उपलब्ध हुने भएको छ। यसका लागि म्याग्दे गाउँपालिकाले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग औपचारिक सम्झौता गरेको हो।स्थानीयवासीले आफ्नै आसपासमै सहज रूपमा आँखा परीक्षण र उपचार पाउन सकून् भन्ने उद्देश्यले गरिएको सम्झौताअनुसार सेवा आगामी पुस ३ गतेदेखि सञ्चालनमा आउनेछ। सम्झौतामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले हस्ताक्षर गरेका छन्।सम्झौता कार्यान्वयनसँगै दैनिक रूपमा नेत्र प्राविधिक खटाइनेछन्। यसले दमौली वा खैरेनीटार पुगेर आँखा परीक्षण गराउनुपर्ने

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 560 पटक पढिएको
  • देउवा डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिम पटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरूलाई बताएका हुन् ।डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा राखेपछि सर्वसम्मत सिफारिस गरिने बताए ।अघिल्लो साता सभापति देउवालाई भेट्न महाराजगन्जस्थित निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्न चाहेको बताएको जानकारी गराए ।मंगलबार बिहान सभापति देउवालाई भेट्न पुगेका नेविसंघका नेता भुवन भट्टले पनि सभापति देउवाले अन्तिम पटक चुनावमा उठ्ने जानकारी गराएको बताएका छन्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 486 पटक पढिएको
  • एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले  प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए। बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 515 पटक पढिएको
  • न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनः सोही पदमा पुन स्थापित गरेको छ ।न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ढंगले र आवश्यक प्रक्रिया नपुर्याई पदबाट हटाइएको ठहर गर्दै सोमबार पुनस्र्थापना गर्ने आदेश दिएको हो ।सर्वोच्चको उक्त आदेश पछि शाक्यले भने,‘ लामो समय सम्म न्यायको खोजीमा भौंतारीएको थिएँ । अब मलाई सर्वोच्च अदालतले न्याय दिएको छ । सर्वोच्चको फैसलापछि प्राधिकरणको नेतृत्व पुनः जिम्मेवारी पुर्वक सम्हाल्नेछु ।’ शाक्यले न्यायिक प्रक्रियाले ढिलो भए पनि अन्ततः सत्य स्थापित भएको म

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 524 पटक पढिएको
  • आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदै

    काठमाडौं— हरेक वर्षको डिसेम्बर ९ मा विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनान्छ । आजको दिन भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो ।यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस को नारा ‘भ्रष्टाचारविरुद्ध युवासँग एकताबद्ध हुँदैः भोलिको अखण्डता निर्माण गर्दै’ भन्ने रहेको छ । यस वर्षको नाराले युवालाई नेतृत्वदायी भूमिका खेल्न र समाजमा पारदर्शिता, जिम्मेवारी र इमानदारीको मूल्य बढाउन प्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 531 पटक पढिएको
  • दार्चुलामा चरेससहित दुई युवक पक्राउ

    दार्चुला— जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रहरीले चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेका छन् ।सोमबार साँझ नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई शंकास्पद लागेपछि चेकजाँच गर्दा ३१ ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरी प्रवक्ता निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 532 पटक पढिएको
  • भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्दै

    काठमाडौं— भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्र

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 461 पटक पढिएको
  • सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको हो । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 539 पटक पढिएको
  • राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्र को माग गर्दै विरोध तथा जनदबाब कार्यक्रम आयोजना गर्दैछ।पार्टीले 'नविन समझदारीका लागि दबाब' दिने उद्देश्यले जनप्रदर्शन र वृहत सभा कार्यक्रम गर्न लागेको हो। यो कार्यक्रम आज बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ। राप्रपाले राजनीतिक दल र जेनजी (युवा पुस्ता) का बीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्य राखेको छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 544 पटक पढिएको
  • तारागाउँ रिजेन्सीले पाँच प्रतिशत नगद लाभांश दिने

    काठमाडौं— तारागाउँ रिजेन्सी (हायात होटल)ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले करसहित पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीसचिव गीता दाहालले जानकारी दिइन् ।प्रस्तावित लाभांश आगामी पुस २३ गते हुने कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । 

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.