काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा राजसंस्थाको पुनःस्थापना र हिन्दु राष्ट्र को माग गर्दै विरोध तथा जनदबाब कार्यक्रम आयोजना गर्दैछ।
पार्टीले 'नविन समझदारीका लागि दबाब' दिने उद्देश्यले जनप्रदर्शन र वृहत सभा कार्यक्रम गर्न लागेको हो। यो कार्यक्रम आज बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ।
राप्रपाले राजनीतिक दल र जेनजी (युवा पुस्ता) का बीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्य राखेको छ।






































