समाज

    Showing 5,661-5,670 of 11,162 items.
  • ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु

    रौतहट— पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ट्रक र कार एकापसमा ठोक्किँदा ७९ वर्षीय वृद्धको मृत्यु भएको छ ।बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्कानजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । दुर्घटनामा परी कार चालक दि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 476 पटक पढिएको
  • डेढ महिनादेखि हराइरहेका टेकबहादुर वलीको कंकाल जंगलमा फेला

    सल्यान— मेला हेर्न घरबाट निस्किएपछि बेपत्ता भएका बाग्चौर नगरपालिका–४ पानीखानाका ३६ वर्षीय टेकबहादुर वलीको डेढ महिनापछि कंकाल अवस्थामा शव भेटिएको छ।कात्तिक १४ गते दार्मा गाउँपालिका–५ त्रिबेणीमा लाग्ने मेला हेर्न निस्किएका वली त्यसदिनपछि घर फर्किएनन्। निरन्तर खोजी भइरहे पनि उनको अत्तो–पत्तो नलागेको परिवार र प्रहरीले जनाउँदै आएका थिए।वलीको कंकाल सल्यान–रुकुम सीमा नजिक, रुकुमको त्रिबेणी गाउँपालिका–३ झन्डा हान्ने वरिपरि रहेको जंगलमा भेटिएको बाग्चौर–४ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए। भेटिएको शवसँगै रहेको कपडा, गलबन्दी तथा पर्समा रहेका कागजातका आधारमा शव वलीकै भएको पुष्टि गरिएको छ।वडाध्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 409 पटक पढिएको
  • बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने

    काठमाडौं— बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ। खोटाङको केपिलागढी गाउँपालिका वडा नं ४ का प्रभिसन राईको यही मंसिर २३ गते उपचारका क्रममा निधन भएको थियो।उनको निधनपछि विभिन्न राजनीतिक व्यक्ति, समाजसेवी, परिवार र अस्पताल प्रशासनबीच भएको छलफलबाट उक्त निर्णय भएको हो।निर्णय अनुसार मृतकका बुवा राम कुमार राई, रस्ना राई, अलिशा राई र प्रसन राईलाई उपचार कार्ड उपलब्ध गराई निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। साथै काठमाडौंदेखि खोटाङसम

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 474 पटक पढिएको
  • शंखमूल क्षेत्रका अवैध संरचना हटाउन तयारी, करिब ५ सय टहरा जोखिममा

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि भीएस निकेतन क्षेत्रसम्म फैलिएको अवैध घर–टहरामाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। कामपाले सार्वजनिक सूचना जारी गर्दै ३ दिनभित्र आफ्नै खर्चमा संरचना भत्काउन घरधनीलाई निर्देशन दिएको हो। प्रारम्भिक आँकलनअनुसार करिब ५ सयभन्दा बढी स्थायी तथा अस्थायी संरचना रहेका छन्।कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, यसअघि सात दिनको म्याद दिइए पनि नपुगेको ठानेर अन्तिम तीन दिनको पत्र पठाइएको हो। उनले आउँदो हप्ताबाट नै संरचना हटाउने काम सुरू हुने बताए। कामपालाई प्राप्त रिपोर्टअनुसार करिब एक हजार रोपनीमा सार्वजनिक जग्गा खोला किनारमा अतिक्रमण गरी निजी

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 461 पटक पढिएको
  • मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

    कैलाली— कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै उनीमाथि तलासी गर्ने क्रममा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैरो हेरोइन बरामद गरेको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 473 पटक पढिएको
  • आज आईजी कार्कीसहित तीन जनाको बयान हुँदै

    काठमाडौं— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो ।जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो । घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।कार्कीलाई पनि शुक्रबार उपस्थित हुन भनेसँगै शुक्र

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 484 पटक पढिएको
  • भेडाच्यांग्रा खोरमा हिउँ चितुवाको आक्रमणः १९ भेडा मरे

    मुस्ताङ— मुस्ताङको घरपझोङ—२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै  गएराति हिउँ चितुवाको आक्रमणमा परी १६ भेडा र ३ च्यांग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेर भेडाच्यांग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।किसान परियारको मार्फास्थित गाउँ भित्रको भेडाच्यांग्रा  खोरमा ४५ भेडाच्यांग्रा रहेका थिए । ती मध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्यांग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसबाट करिव ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।उनले अन्नपूर्ण संरक्षण क्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 549 पटक पढिएको
  • केपी ओलीको बयान लिनका लागि उपाय खोज्दै जाँचबुझ आयोग

    काठमाडौं— सरकारले गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको जाँचबुझ आयोगको म्याद थप भएको छ ।आयोगले पूर्व प्रधानमन्त्री केपी ओलीलाई के कसरी बयान लिने भन्ने सम्बन्धमा उपायको खोजी गरेको बताइएको छ ।सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सहमतिअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यादेश थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।गृह मन्त्रालयका अनुसार पूर्व प्रधानमन्त्री ओलीले बयान नै दिन्न भन्ने अडान त्याग्नु पर्ने हुन्छ । आयोगका पदाधिकारीले ओलीको बयान के कसरी लिने र बय

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 460 पटक पढिएको
  • घट्दै हिउँले ढाकेका भाग

    सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ ।“अर्कै युग शुरू भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भने, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र रु कति धेरै फरक भइसक्यो ।”दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 254 पटक पढिएको
  • बिराटनगर र लुम्बिनी एनपीएल : टस जितेर फिल्डिङमा उत्रियो बिराटनगर किङ्ग्स

    काठमाडौं— नेपाल प्रिमियर लिग -एनपीएल_को फाइनल छिर्नका लागि बिराटनगर किङ्ग्स र लुम्बिनी लायन्सको खेल प्रारम्भमा रहेको छ।बिराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा हुने विहीबार यो खेलमा लुम्बिनी र बिराटनगरले फाइनलका लागि खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ। यी दुई मध्य जुन टोलीले जित निकाल्छ उसले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ। यसअघि सुदूरसँग पराजित भएका कारण बिराटनगर लुम्बिनीसँगको प्रतिस्पर्धामा उत्रिन बाध्य भएको थियो।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 592 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.