काठमाडौं— नेपाल प्रिमियर लिग -एनपीएल_को फाइनल छिर्नका लागि बिराटनगर किङ्ग्स र लुम्बिनी लायन्सको खेल प्रारम्भमा रहेको छ।
बिराटनगर किङ्ग्सले टस जितेर फिल्डिङ रोजेको छ। त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा हुने विहीबार यो खेलमा लुम्बिनी र बिराटनगरले फाइनलका लागि खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ।
यी दुई मध्य जुन टोलीले जित निकाल्छ उसले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल्नेछ। यसअघि सुदूरसँग पराजित भएका कारण बिराटनगर लुम्बिनीसँगको प्रतिस्पर्धामा उत्रिन बाध्य भएको थियो।






































