समाज

    Showing 5,631-5,640 of 11,162 items.
  • विकासको काम गर्ने सरकार नै प्रदेश सरकारः इन्द्र बानियाँ

    रामेछाप— वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन् ।नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए ।गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । गणतन्त्र स्थापना भएपछि नेपालेले विकासमा फड्को मारेको पनि उनले प्रत

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 473 पटक पढिएको
  • एमाले महाधिवेशनको दोस्रो दिन बन्दसत्र, भृकुटीमण्डपमा कडा सुरक्षा

    काठमाडौं— नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालनको तयारी पूरा गरिएको छ। पार्टीको महत्वपूर्ण आन्तरिक छलफल हुने बन्दसत्रलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।बन्दसत्र स्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भृकुटीमण्डप चौर क्षेत्रको चारै दिशाबाट सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।महाधिवेशनको बन्दसत्रमा पार्टीको सांगठनिक तथा राजनीतिक एजेन्डामाथि गहन छलफल हुने बताइएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 458 पटक पढिएको
  • डल्लुस्थित डेरामा जुवातास खेल्दै गर्दा ६ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रौतहट राजपुर नगरपालिका–४ निवासी २१ वर्षीय ईमरोज खानसहित ६ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार रौतहट वृन्दाबन नगरपालिका–६ स्थायी घर भएका २८ वर्षीय शेख नाजिरले डेरा गरी बस्दै आएको कोठाबाट उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिइएको हो।पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार ४ सय रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 453 पटक पढिएको
  • नाबालिकामाथि बलात्कारको आरोपमा ५२ वर्षीय व्यक्ति पक्राउ

    झापा— जिल्लामा १३ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ डुडामारी निवासी ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फे रहेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।घटनासम्बन्धी उजुरी दर्ता भएपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका बारेमा थप अनुसन्धान जारी राखेको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 502 पटक पढिएको
  • नमोबुद्धको पात्लेगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु

    काभ्रे— काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटना आइतबार बिहान करिब ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डे खण्डमा भएको हो।प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डेतर्फ गइरहेको बा प्र ०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८२ वर्षीय पोत बहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठले उक्त जानकारी दिएका छन्।दुर्घटनापछि आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीका अनुसार पीडित परिवार तथा यातायात व्यवसायीसँग समन्वय गरी सडक खुलाउने

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 532 पटक पढिएको
  • कुलमान घिसिङ भन्छन अस्पतालको भवन निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न सकिन्न

    पोखरा— कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हालसम्म ५१ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जान

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 516 पटक पढिएको
  • सुन तोलामा २२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ ।कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 449 पटक पढिएको
  • कुश्माको ठुलीपोखरीमा निःशुल्क मुटुरोग परीक्षण, ४५० भन्दा बढी लाभान्वित

    काठमाडौं— पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा शनिबार आयोजना गरिएको एकदिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा साढे चार सयभन्दा बढीले सेवा लिएका छन्। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजनामा तथा सेभ द हार्ट र नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।शिविरमा सहभागी ४५० भन्दा बढी सेवाग्राहीमध्ये पाँच जनामा गम्भीर मुटुसम्बन्धी समस्या देखिएकाले थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं पठाइएको वडा नम्बर १२ का अध्यक्ष झलक रिमालले जानकारी दिए।आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोगको उपचार गर्न नसकेका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको थियो। शिविरमा

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 580 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक कार्यकालको अन्तिम बैठक हो।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 393 पटक पढिएको
  • आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो ।“प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पु¥याउनु हुनसमेत आग्रह गर्दछ”, प

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 446 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.