काठमाडौं— साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य ८० रुपैयाँले घटेर प्रतितोला तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।






































