काठमाडौं— नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालनको तयारी पूरा गरिएको छ। पार्टीको महत्वपूर्ण आन्तरिक छलफल हुने बन्दसत्रलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।
बन्दसत्र स्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भृकुटीमण्डप चौर क्षेत्रको चारै दिशाबाट सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।
महाधिवेशनको बन्दसत्रमा पार्टीको सांगठनिक तथा राजनीतिक एजेन्डामाथि गहन छलफल हुने बताइएको छ।






































