काठमाडौं— काठमाडौं महानगरपालिका–१५ डल्लुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना व्यक्ति पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रौतहट राजपुर नगरपालिका–४ निवासी २१ वर्षीय ईमरोज खानसहित ६ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार रौतहट वृन्दाबन नगरपालिका–६ स्थायी घर भएका २८ वर्षीय शेख नाजिरले डेरा गरी बस्दै आएको कोठाबाट उनीहरूलाई शनिबार राति नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार ४ सय रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।






































