समाज

    Showing 4,501-4,510 of 11,162 items.
  • एमाले प्रवेश गर्दै दीपेन्द्र अग्रवालले भने- ‘केपी ओलीकै पालामा सेयर बजारले १० हजारको इन्डेक्सको यात्रा तय गर्छ’

    काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले केपी ओलीकै पालामा सेयर बजारले १० हजार इन्डेक्सको यात्रा तय गर्ने बताएका छन् । शनिबार एमालेको मुख्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्दै अग्रवालले यस्तो बताएका हुन् । ‘‘म यति भन्न सक्छु, उहाँकै सरकारको पालामा बजारले १० हजारको इन्डेक्सको यात्रा तय गर्नेछ ।’, अग्रवालले भने । अग्रवालले आफू सेयर बजारको भविष्य सुरक्षित गर्न नेकपा एमालेमा प्रवेश गरेको पनि बताएका छन् । ‘म र मसँग हजारौँ लगानीकर्ता कुनै पद वा फाइदाको लागि होइन, पूँजी बजारको भविष्य सुरक्षित गर्न नेकपा एमालेमा प्रवेश गरेका छौँ ।’, अग्रवालले भने, ‘यो राजनीतिक यात्रा मात्र होइन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 188 पटक पढिएको
  • ६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो छ महिनामा १२ लाख ५२ हजार थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँँ रहेको छ । भन्सार मूल्यमा नेपाली बजारमा हुने बिक्री मूल्य थपिँदा मोबाइलको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ । यही मूल्य वृद्धिका कारण मात्रै करिब ९ अर्ब ३१ करोड रुपैयाँँ थप भई कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा राज्यले मोबाइल आयातबाट मात्रै करिब ४ अर्ब ३४ करोड रुपैयाँँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वषको पहिलो छ महिनामा भने ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएका थिए। त्यसबेला मोबाइलको भन्सार मूल्य

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 543 पटक पढिएको
  • नागढुंगामा खैरो हेरोइनसहित युवक पक्राउ

    काठमाडौं— नागढुंगा चेकपोइन्टबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् ।प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा ७ ग्राम खैरो हेरोइन बरामद गरेको हो। प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले बसमा सवार न्यौपानेलाई पक्राउ गरेको हो।शंकाको आधारमा गरिएको व्यक्तिगत तलासीका क्रममा न्यौपानेले ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइ राखेको ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रह

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 522 पटक पढिएको
  • आजै राष्ट्रिय सभा निर्वाचनको एकमुस्ट नतिजा सार्वजनिक हुने

    काठमाडौं— कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुस्ट नतिजा साँझ ५ बजेसम्म सार्वजनिक भइसक्ने बताएका छन्।रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ। कोशी प्रदेशको एक पद भने निर्विरोध भइसकेको छ।भण्डारीका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुने र त्यसपछि २ घण्टाभित्र मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिनेछ। उनले सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिए।प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचनका लागि कोशीमा विराटनगर, मधेसमा जनकपुर, बागमतीमा हेटौँडा, गण्डकीम

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 505 पटक पढिएको
  • ३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला

    काठमाडौं— तीन दिनदेखि बेपत्ता रहेका प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका हुन्।  घोराही–२, रामपुर स्थायी ठेगाना भएका जिसी जिल्ला प्रहरी कार्यालयका चालकसमेत थिए। ८ गते बिहान ड्युटी सकेर स्कुटी लिएर घरबाट निस्किएका जिसी त्यसयता सम्पर्कविहीन भएका थिए। प्रहरीद्वारा खोजतलास गर्ने क्रममा उनको शव घोराही–१८ स्थित घरडौरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 476 पटक पढिएको
  • फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

    फ्रान्स— फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी भइरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोँनले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।एक टेलिभिजनमा प्रसारण गरिएको भिडियोमार्फत् उहाँले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को शुरुदेखि लागू गर्न चाहेको बताएको छ । फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् ।इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गएको महिना पह

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 507 पटक पढिएको
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.६६ अंकले बढ्यो

    काठमाडौं— प्रि–ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको छ।प्रि(ओपन सेसनमा ७१ वटा स्क्रिप्सको ४ लाख ३० हजार ६३ कित्ता सेयर २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घटेको छ भने बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 469 पटक पढिएको
  • युवाको मागमा मैले केही कञ्जुस्याई गरिनः डा.शेखर कोइराला

    विराटनगर— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरूको माग र मुद्दा सम्बोधन गर्न आफू लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन्।विराटनगरमा आयोजित युवासँगको अन्तक्रियामा नेता कोइरालाले जेनजी आन्दोलनअघि नै पार्टी भित्रै युवाको प्रतिनिधित्व सुनिश्चित गर्न काम गरिरहेको बताए। उनले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याई गरिन।’डा. कोइरालाले युवालाई तीन क्लष्टरमा विभाजन गरी प्रतिनिधित्व बढाउनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत, र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्नेछ। उनले थपे, ‘त्यो मात्र हुन सकेमा युवालाई यही देशमा र

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 493 पटक पढिएको
  • ‘कुमारी’ को ट्रेलर सार्वजनिक

    काठमाडौं— माघ २३ गते रिलिज हुने नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’को ट्रेलर सार्वजनिक गरिएको छ ।ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो । साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए । साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अविषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 476 पटक पढिएको
  • ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप– ‘आतङ्कवाद लुकाउन देश जलाउएको हो’

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्।बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् ।उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो??। त्यसपछि अरू कुरा गरौँला।’उनले थपे, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.