काठमाडौं— प्रि–ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको छ।

प्रि(ओपन सेसनमा ७१ वटा स्क्रिप्सको ४ लाख ३० हजार ६३ कित्ता सेयर २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घटेको छ भने बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।