फ्रान्स— फ्रान्समा १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी भइरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोँनले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानूनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।

एक टेलिभिजनमा प्रसारण गरिएको भिडियोमार्फत् उहाँले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को शुरुदेखि लागू गर्न चाहेको बताएको छ । फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् ।

इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गएको महिना पहिलो देश बनेको थियो ।