काठमाडौं— नागढुंगा चेकपोइन्टबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय निरोज न्यौपाने रहेका छन् ।
प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँचका क्रममा ७ ग्राम खैरो हेरोइन बरामद गरेको हो। प्रहरी प्रभाग नागढुंगा तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले बसमा सवार न्यौपानेलाई पक्राउ गरेको हो।
शंकाको आधारमा गरिएको व्यक्तिगत तलासीका क्रममा न्यौपानेले ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइ राखेको ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।






































