विराटनगर— कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको अभियानअन्तर्गत मंगलबार पाँचजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार धनकुटामा आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ७७५ किलो गाँजासहित एक मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। यस्तै, साँगुरीगढीबाट २० किलो गाँजासहित एक जना तथा मोरङका छुट्टाछुट्टै स्थानबाट तीनजनालाई ६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।घटनामा संलग्न सबैमाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।
काठमाडौं— नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै सुस्ताका बासिन्दाले माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुस्ताको माटो बोकेर सरकारको ध्यानाकर्षण गराउँदै भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्न माग गरेका छन्।प्रदर्शनकारीले आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा र तत्काल नेपाली नागरिकता उपलब्ध गराउन पनि माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सीमासम्बन्धी अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको आरोप छ।‘सुस्ता बचाउ अभियान’को आह्वानमा सुरु गरिएको आन्दोलनका क्रममा प्रधानमन्त्रीको सचिवालयमा पटक–पटक स
काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा कायम राख्न सांसदहरूले भाषा, व्यवहार र पहिरनमा मर्यादा अपनाउनुपर्ने बताएकी छन्।६८औँ संसद दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रक्रियागत विवादभन्दा जनताका शिक्षा, स्वास्थ्य, सेवा प्रवाह र जनजीविकाका मुद्दामा केन्द्रित भएर बहस गर्न सांसदहरूलाई आग्रह गरिन्। संसदको गुणस्तर र जनविश्वास सांसदहरूको आचरणबाटै बलियो हुने भन्दै उनले संसदको मर्यादा जोगाउन आफू पनि प्रतिबद्ध रहेको बताइन्।
रसुवा— चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद गरिएको छ।रसुवा भन्सार कार्यालयका अनुसार भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा चकलेट, अचार, कपडा, कफी, खेलौना, थर्मस, भेप, चुरोटलगायतका सामग्री नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य वस्तु रहेका छन्।भन्सार कार्यालयले बिक्रीयोग्य सामान लिलाम तथा उपभोग अयोग्य सामग्री नष्ट गर्ने जनाएको छ। राजस्व चुहावट र अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायसँगको संयुक्त अनुगमनलाई अझ प्रभावकारी बनाइने पनि कार्यालयले जनाएको छ।
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी फेला परेको छ।कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाका अनुसार किसान सीता रेग्मीले उत्पादन गरेको उक्त रायोको सागमा ८०.०१६ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी भेटिएकाले नष्ट गर्ने निर्णय गरिएको हो।प्रयोगशालाले परीक्षण गरेका १२ नमुनामध्ये बाँकी ११ वटा तरकारी भने सुरक्षित रहेको जनाएको छ। ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्ने व्यवस्था छ।
काठमाडौं— स्थानीय तहमा देखिएका प्रशासनिक तथा प्राविधिक समस्याको समाधान र सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ।सिंहदरबारमा भएको भेटवार्तामा स्थानीय तहका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै तिनको समाधानका लागि आवश्यक सबै पहल गर्न
काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् ।नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुराकानी गर्दै उनले नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्तिपूर्ण रूपमा ब्यालेटमार्फत भएको सत्ता हस्तान्तरणलाई विश्व इतिहासकै एउटा सुनौलो अवसरका रूपमा व्याख्या गर्दै अबको मुख्य लक्ष्य सुशासन र आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए । शून्य भ्रष्टाचार र सुदृढ शासकीय पद्धतिको जगमा उभिएर मुलुकलाई अगाडि बढाउन अब निर्वाहमुखी खेतीपातीलाई विस्थापित गरी व्यावसायिक कृषि प्रणाली अपनाउनुको विकल्प नरहेको उनको
काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् ।हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाए। उनले हुलाक सेवा विभाग तथा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकसँग सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि सरकार अघि बढेको जानकारी दिए । उनले भने, ‘स्वेच्छिक हिसाबले चाहेको बेला हामी हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ ।त
मुगु । मुुगुको रारा तालको पर्यटकीय गन्तब्य मुर्माटपमा नेपाल टेलिकमले फोरजी सेवा सुचारु गरेपछि स्थानीयबासी र पर्यटकहरुलाई राहत मिलेको छ । छायाँनाथ रारा नगरपालिका ९ स्थित पर्यटकीय गन्तब्य रारा मुर्माटपमा नेपाल टेलिकमले फोरजी टावर निर्माण गरि असार १५ देखि बाट तिब्र गतिको फोरजी सेवा बिस्तार हुँदा रारा क्षेत्र लगायत आसपास क्षेत्रमा रहेका स्थानीय नागरिक र पर्यटकहरु सहज रुपमा फोरजी सेवा लिन पाउने भएपछि हर्षित पनि भएका छन् । फोरजी टावर निर्माणसंगै इन्टरनेट सेवा सुचारु भएपछि स्थानीय खुशी भएको मुर्मा गाँउका डवल रोकायाले वताए । रारा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई इन्टरनेट चलाउ
काठमाडौं । नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ । एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन् । किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्नुपर्ने समस्या पुरानै हो तर पछिल्लो समय उद्योगीहरूले समेत अर्को गम्भीर चुनौती भोगिरहेका छन् । किसानबाट धान किनेर उपभोक्तासम्म चामल पुर्याउने उद्योगीहरूले पनि एउटा गम्भीर समस्या भोगिरहेका छन् । पूर्वी नेपालको मोरङस्थित आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बहादुर बस्नेत पनि अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन् । उ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.