समाज

    Showing १,१८१-१,१९० of ११,१६२ items.
  • सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा दुई नेपाली चीनमा पक्राउ

    काठमाडौं— चीन–नेपाल सीमावर्ती लप्ची क्षेत्रमा घुम्न गएका दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।सुरक्षा स्रोतका अनुसार काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा असार १२ गते पक्राउ गरी स्थानीय प्रहरीको जिम्मा लगाइएको हो।उनीहरू हाल चीनको न्यालम काउन्टीमा रहेका छन्। उनीहरूको रिहाइका लागि नेपाली सुरक्षा निकाय र अध्यागमन कार्यालयले चिनियाँ पक्षसँग समन्वय गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • ५२५ पटक पढिएको
  • नेप्से २५ अंकको गिरावट

    काठमाडौं— धितोपत्र बजारमा साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ। उतारचढावका बीच नेप्से परिसूचक २४.६३ अंकले ओरालो लागेर २६०८.३३ विन्दुमा कायम भएको छ ।मंगलबार बजारमा कुल ३६५ कम्पनीका ८७ लाख ३७ हजार ३९२ कित्ता सेयरहरू ७९ हजार २८६ पटक खरिदबिक्री भएका छन्। जसबाट कुल ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।मंगलबार कारोबार भएका समग्र उपसूचकहरूमा गिरावट आउँदा बजार राताम्मे बनेको छ। समूहगत रूपमा ट्रेडिङ समूहमा सबैभन्दा धेरै १.७४ प्रतिशतको गिरावट देखिएको छ ।आज कारोबारमा आएका कम्पनीहरूमध्ये जम्मा ३५ कम्पनीको सेयर मूल्यमा वृद्

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४७८ पटक पढिएको
  • कोसीमा लागुऔषधसहित पाँचजना पक्राउ

    विराटनगर— कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको अभियानअन्तर्गत मंगलबार पाँचजनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार धनकुटामा आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ७७५ किलो गाँजासहित एक मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। यस्तै, साँगुरीगढीबाट २० किलो गाँजासहित एक जना तथा मोरङका छुट्टाछुट्टै स्थानबाट तीनजनालाई ६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।घटनामा संलग्न सबैमाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • ५०१ पटक पढिएको
  • नागरिकता र भूमि अधिकारको माग गर्दै सुस्ताबासीको माइतीघरमा धर्ना

    काठमाडौं— नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै सुस्ताका बासिन्दाले माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुस्ताको माटो बोकेर सरकारको ध्यानाकर्षण गराउँदै भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्न माग गरेका छन्।प्रदर्शनकारीले आफूहरूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा र तत्काल नेपाली नागरिकता उपलब्ध गराउन पनि माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सीमासम्बन्धी अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दबाब र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको आरोप छ।‘सुस्ता बचाउ अभियान’को आह्वानमा सुरु गरिएको आन्दोलनका क्रममा प्रधानमन्त्रीको सचिवालयमा पटक–पटक स

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४८७ पटक पढिएको
  • भाषा र पहिरनमा मर्यादा अपनाउन सांसदलाई कानुनमन्त्रीको आग्रह

    काठमाडौं— कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संसदको गरिमा कायम राख्न सांसदहरूले भाषा, व्यवहार र पहिरनमा मर्यादा अपनाउनुपर्ने बताएकी छन्।६८औँ संसद दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रक्रियागत विवादभन्दा जनताका शिक्षा, स्वास्थ्य, सेवा प्रवाह र जनजीविकाका मुद्दामा केन्द्रित भएर बहस गर्न सांसदहरूलाई आग्रह गरिन्। संसदको गुणस्तर र जनविश्वास सांसदहरूको आचरणबाटै बलियो हुने भन्दै उनले संसदको मर्यादा जोगाउन आफू पनि प्रतिबद्ध रहेको बताइन्।

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४५१ पटक पढिएको
  • रसुवामा ९ महिनामा साढे ३ करोडका अवैध सामान बरामद

    रसुवा— चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद गरिएको छ।रसुवा भन्सार कार्यालयका अनुसार भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा चकलेट, अचार, कपडा, कफी, खेलौना, थर्मस, भेप, चुरोटलगायतका सामग्री नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य वस्तु रहेका छन्।भन्सार कार्यालयले बिक्रीयोग्य सामान लिलाम तथा उपभोग अयोग्य सामग्री नष्ट गर्ने जनाएको छ। राजस्व चुहावट र अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायसँगको संयुक्त अनुगमनलाई अझ प्रभावकारी बनाइने पनि कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४८६ पटक पढिएको
  • भक्तपुरको रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन

    काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी  फेला परेको छ।कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाका अनुसार किसान सीता रेग्मीले उत्पादन गरेको उक्त रायोको सागमा ८०.०१६ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी भेटिएकाले नष्ट गर्ने निर्णय गरिएको हो।प्रयोगशालाले परीक्षण गरेका १२ नमुनामध्ये बाँकी ११ वटा तरकारी भने सुरक्षित रहेको जनाएको छ। ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्ने व्यवस्था छ।

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४९४ पटक पढिएको
  • स्थानीय तहका समस्या समाधानमा सङ्घ–मधेस प्रदेश सहकार्य गर्ने

    काठमाडौं— स्थानीय तहमा देखिएका प्रशासनिक तथा प्राविधिक समस्याको समाधान र सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ।सिंहदरबारमा भएको भेटवार्तामा स्थानीय तहका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै तिनको समाधानका लागि आवश्यक सबै पहल गर्न

    • प्रकाशित मितिः असार १६, २०८३
    • ४१७ पटक पढिएको
  • कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् ।नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुराकानी गर्दै उनले नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्तिपूर्ण रूपमा ब्यालेटमार्फत भएको सत्ता हस्तान्तरणलाई विश्व इतिहासकै एउटा सुनौलो अवसरका रूपमा व्याख्या गर्दै अबको मुख्य लक्ष्य सुशासन र आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए । शून्य भ्रष्टाचार र सुदृढ शासकीय पद्धतिको जगमा उभिएर मुलुकलाई अगाडि बढाउन अब निर्वाहमुखी खेतीपातीलाई विस्थापित गरी व्यावसायिक कृषि प्रणाली अपनाउनुको विकल्प नरहेको उनको

    • प्रकाशित मितिः असार १६, २०८३
    • २४९ पटक पढिएको
  • हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ: सञ्चारमन्त्री

    काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् ।हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाए। उनले हुलाक सेवा विभाग तथा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकसँग सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि सरकार अघि बढेको जानकारी दिए । उनले भने, ‘स्वेच्छिक हिसाबले चाहेको बेला हामी हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ ।त

    • प्रकाशित मितिः असार १६, २०८३
    • २३० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.