काठमाडौं— चीन–नेपाल सीमावर्ती लप्ची क्षेत्रमा घुम्न गएका दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।

सुरक्षा स्रोतका अनुसार काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा असार १२ गते पक्राउ गरी स्थानीय प्रहरीको जिम्मा लगाइएको हो।

उनीहरू हाल चीनको न्यालम काउन्टीमा रहेका छन्। उनीहरूको रिहाइका लागि नेपाली सुरक्षा निकाय र अध्यागमन कार्यालयले चिनियाँ पक्षसँग समन्वय गरिरहेको जनाएको छ।