काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी  फेला परेको छ।

कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाका अनुसार किसान सीता रेग्मीले उत्पादन गरेको उक्त रायोको सागमा ८०.०१६ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी भेटिएकाले नष्ट गर्ने निर्णय गरिएको हो।

प्रयोगशालाले परीक्षण गरेका १२ नमुनामध्ये बाँकी ११ वटा तरकारी भने सुरक्षित रहेको जनाएको छ। ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएमा त्यस्ता तरकारी विसर्जन गरी नष्ट गर्ने व्यवस्था छ।