विराटनगर— कोसी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको अभियानअन्तर्गत मंगलबार पाँचजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धनकुटामा आलुको बोराभित्र लुकाएर ल्याउँदै गरेको ७७५ किलो गाँजासहित एक मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। यस्तै, साँगुरीगढीबाट २० किलो गाँजासहित एक जना तथा मोरङका छुट्टाछुट्टै स्थानबाट तीनजनालाई ६ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
घटनामा संलग्न सबैमाथि थप अनुसन्धान भइरहेको कोसी प्रदेश प्रहरीले जनाएको छ।






































