रसुवा— चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवामा ३ करोड ५१ लाख ७६ हजार ४२० रुपैयाँ बराबरका अवैध आयातित सामग्री बरामद गरिएको छ।
रसुवा भन्सार कार्यालयका अनुसार भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा चकलेट, अचार, कपडा, कफी, खेलौना, थर्मस, भेप, चुरोटलगायतका सामग्री नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी खाद्य वस्तु रहेका छन्।
भन्सार कार्यालयले बिक्रीयोग्य सामान लिलाम तथा उपभोग अयोग्य सामग्री नष्ट गर्ने जनाएको छ। राजस्व चुहावट र अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकायसँगको संयुक्त अनुगमनलाई अझ प्रभावकारी बनाइने पनि कार्यालयले जनाएको छ।






































