समाज

    Showing 11,101-11,110 of 11,162 items.
  • आजको मौसम: देशमा पश्चिमी वायुको आंशिक प्रभाव

    बिर्तामोड/ आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको हो । आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।त्यस्तै, देशको पहाडी भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागहरुमा आंश

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 110 पटक पढिएको
  • दोभान बजारमा आगलागीले ४० करोड क्षति

    ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए ।आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेक

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 97 पटक पढिएको
  • झापामा सडक दुर्घटना २ जनाको मृत्यु, ४ जना घाइते

    बिर्तामोड / झापाको कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम लोकमार्गमा चलिरहेको ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने जना घाईते भएका छन् ।बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा भएको दुर्घटनमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका कारमा सवार सुनसरीको धरान–१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलुखुम्बुको पासाङ–१ का ३० बर्षीय दिलिप राना मगरको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा  म

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 179 पटक पढिएको
  • म्याद सकिएको ‘दाल’ जोगाउन उद्योगी बोहाराकोे चलखेल

    मोरङ / पूर्वका प्रतिष्ठित उद्योगी अविनाश बोहोराको गोदाममा सरकारी निकायले अनुगमनका क्रममा फेला परेका पाँचवर्ष पुरानो म्याद सकिएको बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको एक साता भइसकेपनि सरकारी निकायले दवावका कारण अझै सम्म पनि नष्ट गर्न सकेका छैनन् । उद्योगी बोहोराले दाल जोगाउन पहल गरेपनि शिलबन्दीमा संलग्न सरकारी निकायले म्याद सकिएको दाल नष्ट गर्न आनाकानी गरेका हुन् । बोहोराको गोदाममा म्याद सकिएको ५ वर्ष पुरानो दल भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको थियो । विभागले अनुगमनका क्रममा म्याद सकिएका खाद्यान्न र उपभोग्य भेटिए तत्कालै नष्ट ग

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 190 पटक पढिएको
  • वनमन्त्रीलाई एक अर्बको घूस अफर !

    काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताए ।सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 116 पटक पढिएको
  • ‘बी एण्ड सी’ अस्पतालले मेडिकल कलेजको सबन्धन पाउने

    बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिइने बताएका छन् । बी एण्ड सीका संचालक दुर्गा प्रसाईंकै नेतृत्वमा खुलेको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन्।प्रधानमन्त्री ओलीले भने– ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो । अब मिल्छ । यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’ काठमाडौं विश्वविद्यालयको सिनेटले बी एण्ड सीलाई मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरिसकेको छ ।प्रधानमन्त्री ओली र शिक्षामन

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 167 पटक पढिएको
  • सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा

    नुवाकोट /  नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १।२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको आयोजना प्रमुख रघुवंशीले जानकारी गराए । आयोजनामा रहेका सातवटा ब

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 128 पटक पढिएको
  • छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

    दार्चुला/ दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिए ।प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक ६–७ जना छात्राहरु बेहोस हुने गरेका छन् । करिब एक हप्तादेखि मावि सिप्टीमा अचानक छात्राहरु रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको थियो । सुरुमा ९–१० कक्षामा अध्ययनरत छात्राहरुमा यस्तो समस्या देखिएकोमा पछिल्लो सयम आधारभूत कक्षाका छात्राहरुमा पनि त्यस्तो समस्या देखिन

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 106 पटक पढिएको
  • दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट

    फुङलिङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ ।आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, “आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौंँ ।”ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, “म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।” सुरक्षाकर्मी र स

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 114 पटक पढिएको
  • वाणिज्य संघमा लोकतान्त्रिक प्यानलको विजयी

    बिर्तामोड । बिर्तामोडमा भएको उद्योेग वाणिज्य संघको निर्वाचनमा  संयुक्त लोकतान्त्रिक ब्यवसायीक प्यानलका प्रकाश शिवाकोटी अध्यक्षमा निर्वाचित भएका छन् । उनले २१३९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रत्यासी संयुक्त ब्यवसायी प्यानलका सुबास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।संघको फागुन १६ गते निर्वाचन भएको थियो । निर्वाचन पछि अन्तिम मत परिणाम मंगलबार राति निर्वाचन समितिले घोषणा गरेको हो । अन्तिम मत परिणाम अनुसार संघका धेरैवटा पदमा लोकतान्त्रिक पदका उम्मेद्धारहरु विजयी भएका छन् ।संघको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै राजु न्यौपाने २११६ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 115 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.