बिर्तामोड । बिर्तामोडमा भएको उद्योेग वाणिज्य संघको निर्वाचनमा  संयुक्त लोकतान्त्रिक ब्यवसायीक प्यानलका प्रकाश शिवाकोटी अध्यक्षमा निर्वाचित भएका छन् । उनले २१३९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रत्यासी संयुक्त ब्यवसायी प्यानलका सुबास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् ।

संघको फागुन १६ गते निर्वाचन भएको थियो । निर्वाचन पछि अन्तिम मत परिणाम मंगलबार राति निर्वाचन समितिले घोषणा गरेको हो । अन्तिम मत परिणाम अनुसार संघका धेरैवटा पदमा लोकतान्त्रिक पदका उम्मेद्धारहरु विजयी भएका छन् ।

OM Sai Pathibhara Hospital

संघको वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै राजु न्यौपाने २११६ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी संयुक्त प्यानलका नारायण प्रसाद चिमोरीयाले १५९२ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै सञ्जिव घिमिरे १९४० मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी संयुक्त ब्यवसायी प्यानलका प्रकाश घिमिरेले १७१८ मत ल्याए ।

संघको वाणिज्य उपाध्यक्षतर्फ लोकतान्त्रिक कै राजकुमार घिमिरे राजु २२७८ मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी रामकृष्ण अधिकारीले १३२३ मत ल्याए ।

महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले १८४३ मत प्राप्त गरेर विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।

उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले २५५० सबै भन्दा धेरै मत प्राप्त गरि विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका धनबहादुर डाँगीले १०६३ मत प्राप्त गरेका छन् ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले १९६६ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह ९राजश्री०ले १६७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत प्राप्त गरेर विजयी बनेका छन् । निकटतम् प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् ।

महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मत प्राप्त गरेर विजयी बनेकी छन् । निकटतम् प्रतिष्पधी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी सदस्यहरुमा गुन्जन प्रसाई २००८ जीवनकुमार खड्का १९१८, पुकार बराल २०००, बलराम सिटौला  १८६१, विशाल थापा २०९९ गौरीशंकर गुप्ता १७९० मत प्राप्त गरि विजयी भएका छन् ।

महिला सदस्यमा तुलसा ढकाल २१९५ र रुची शिवाकोटीले २०७६ मत प्राप्त गरी विजयी बनेका छन् ।