बिर्तामोड/ आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

OM Sai Pathibhara Hospital

देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको हो । आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै, देशको पहाडी भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। 

देशको पहाडी भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।