बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिइने बताएका छन् । बी एण्ड सीका संचालक दुर्गा प्रसाईंकै नेतृत्वमा खुलेको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने– ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो । अब मिल्छ । यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’ काठमाडौं विश्वविद्यालयको सिनेटले बी एण्ड सीलाई मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरिसकेको छ ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।