समाज

    Showing 11,021-11,030 of 11,162 items.
  • जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    चितवन / जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 113 पटक पढिएको
  • वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा

    काठमाडौं / वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसम

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 119 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा हिमाल आरोही शेर्पालाई बिदाइ

    बिर्तामोड  / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले  आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिएका छन् । सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी थिइन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छिन् । शेर्पाले यसअघि तीनपटक सर

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 116 पटक पढिएको
  • राजस्वमा हिनामिना गर्ने कर्मचारी कारागार चलान

    चितवन  / राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए । एक करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 137 पटक पढिएको
  • ६५ घरधुरी मिलेर टिमुरखेती

    तनहुँ / आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए । शुरुमा २५ जना मिलेर सम

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 134 पटक पढिएको
  • सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

    देउखुरी / घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन् । रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 131 पटक पढिएको
  • कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पतालका कार्यालय स्थापना

    मनाङ / मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम चामेमा खोलिएका दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरेका छन् । सङ्घीयता लागू भएसँगै विघटित साविकका जिल्ला पशु सेवा कार्यालय तथा कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले ती कार्यालय सञ्चालनमा ल्याएको हो । आफ्नै जिल्लामा कार्यालय नहुँदा मनाङवासी कृषि र पशु सम्बन्धित सेवाका लागि लमजुङमा जानुपर्ने बाध्यता रहेको थियो ।सम्बन्धित जिल्लाका कृषकलाई जिल्लाभित्रै सेवा दिने र एक जिल्लाभन्दा बाहिर अर्को जिल्लामा जानु नपर्ने

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 115 पटक पढिएको
  • पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

    बिर्तामोड  / आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महासाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महासाखाले जनाएको छ । अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 146 पटक पढिएको
  • विराटनगरमा एक युवाको शंकास्पद मृत्यु : प्रहरी द्धारा छानविन सुरु

    विराटनगर / विराटनगर उपमहानगरपालीका – ३ का कान्छा भनेर चिनिने ४० वर्षिय नितेश कुमार राईको शुक्रबार राती शंकास्पद मृत्यु भएको छ । उनको शव शुक्रबार राती विराटनगर–१९ घिनाघाट क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।मृतक राईको परिवारका सदस्यले शरिरमा निलडामा र चोटपटक देखिएकाले हत्याको आशंका गर्दै निस्पक्ष छानविनको माग गरेका छन् । मृतकको शव घर देखि करिव २ किलोमिटरको दुरीमा भेटिएको आफन्तले जानकारी गराएका छन् ।मृतक राई बिहीबार दिउँसो बाट परिवारको सम्पर्क मा नरहेको जनाउँदै उनका दाजु राम बहादुर राईले भने – मृतकको शरिरमा निलडाम र चोटपटक देखिएकाले स्थानिय प्रशासनले निस्पक्ष छानविन अघि

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 119 पटक पढिएको
  • लागुऔषध सहित ६ जना पक्राउ

    बिर्तामोड  / झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशी रहेका छन् । उनिहरुलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ प्रहरीले जनाएको छ ।त्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको बताइएको छ । उता ला

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.