बिर्तामोड  / झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशी रहेका छन् । उनिहरुलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको बताइएको छ । 

उता लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मेचीनगर नगरपालिका–१३ बाट बिहिवार साँझ ३ जनालाई लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–१५ का ३० बर्षीय कुमोलाल राजवंशी , २४  बर्षीय संजय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ बर्षीय श्रवण मुखिया रहेका छन् ।

लागुऔषध सहित पक्राउ परेकाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।