बिर्तामोड  / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरि आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झण्डासहित आज बिदाइ गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आरोही शेर्पालाई झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । उनले  आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिएका छन् । 

OM Sai Pathibhara Hospital

सन् २००३ देखि हिमाल आरोहण शुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी थिइन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छिन् । 

शेर्पाले यसअघि तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।