विराटनगर / विराटनगर उपमहानगरपालीका – ३ का कान्छा भनेर चिनिने ४० वर्षिय नितेश कुमार राईको शुक्रबार राती शंकास्पद मृत्यु भएको छ । उनको शव शुक्रबार राती विराटनगर–१९ घिनाघाट क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक राईको परिवारका सदस्यले शरिरमा निलडामा र चोटपटक देखिएकाले हत्याको आशंका गर्दै निस्पक्ष छानविनको माग गरेका छन् । मृतकको शव घर देखि करिव २ किलोमिटरको दुरीमा भेटिएको आफन्तले जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

मृतक राई बिहीबार दिउँसो बाट परिवारको सम्पर्क मा नरहेको जनाउँदै उनका दाजु राम बहादुर राईले भने – मृतकको शरिरमा निलडाम र चोटपटक देखिएकाले स्थानिय प्रशासनले निस्पक्ष छानविन अघि बढाउनु पर्दछ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता सन्तोष खड्काले मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएर छानविन अघि वढाइएको जनाएका छन् । उनले मृतकको शव भेटिएको स्थानमा डोरी समेत भेटिएको जानकारी गराएका छन् । घटनाको अनुशन्धान गर्न प्रहरी टोली परिचालन गरिएको समेत उनले बताएका छन् ।

उता मृतक राईको परिवारका सदस्यले भने घाटीमा डोरी बाधेर हत्या गरेको दावी गर्दै निस्पक्ष छानविनको माग गरेका छन् । उनीहरुले राईका साथीको समुहले नै उनको हत्या गरेर शव फालेको आरोप समेत लगाएका छन् ।