समाज

    Showing 10,961-10,970 of 11,162 items.
  • हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

    हुम्ला /  हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ । काठमाडौँसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प

    • प्रकाशित मितिः चैत १७, २०७७
    • 134 पटक पढिएको
  • आज तराईमा होली पर्व मनाइँदै

    बिर्तामोड /  आइतबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो। आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो।परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ।सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ। होली मनाउनका लागि प्रदेश २ सरकारले एक बिदा दिएको छ। यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको बत

    • प्रकाशित मितिः चैत १६, २०७७
    • 81 पटक पढिएको
  • झापामा पुरुषभन्दा महिलाको बढी निवेदन

    बिर्तामोड / जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९ सय ३७ जनामध्ये पाँच हजार ८१ महिला छन् ।  कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार ८१ गरी सात हजार ९३७ जनाको निवेदन आएको जानकारी दिए । उनले मागिएका कर्मचारी भन्दा सात गुणा बढीले जिल्लामा आवेदन फारम भरेको बताएका छन् । जिल्लामा सुपरीवेक्षकका लागि २५९ र गणकका लागि एक हजार ८१ जना कर्मचारी करारमा चाहिएको प्रमुख लुइँटेलले बताए । योग्यता क्षम

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 124 पटक पढिएको
  • ब्राउनसुगर सहित २ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५ बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय सुवास ताजपुरिया रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ ग्राम ८०० मिलिग्राम  ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 390 पटक पढिएको
  • ट्याक्टरले किचेर १ को मृत्यु

    उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार राती पौने १० बजे स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएको र घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको र घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 121 पटक पढिएको
  • कहाँ गए घरका परेवा र गौँथली, वनका मालचरी

    गलेश्वर / कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर...जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुख्र्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए ।धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए । रैथाने प्रविधि लोप भए । मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे । वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 138 पटक पढिएको
  • जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

    बनेपा / जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा  उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद रु १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन् ।सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिएका थिए । अझै पनि ओछ्यानमै उपचार गराइरहेका उनलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याएका थिए । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिएकी थिइन् । मुकेशले

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 143 पटक पढिएको
  • ब्याज बापत श्रम सँगै यौन शोषण

    सोलुखुम्बु /  सोलुखुम्बु जिल्लाको थुलुङ की एक महिलामाथि ऋणको ब्याज नतिरेको भन्दै यौन शोषण हुँदै आएको घटना सार्वजनिक भएको छ । दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला विगत चार वर्ष देखि यौन तथा श्रम शोषणमा परेको घटना सार्वजनिक भएको छ । स्थानिय ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएर श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।सदरमुकाम सल्लेरीमा  सञ्चारकर्मीसँग कुराकानी गर्दै ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आएको बताएकी छन् । आर्थिक अवस्था कमजोर बनेपछि बि.सं.२०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको महिला र सो को सावाँ व्याज तिर्न नसकेपछि आफु श्र

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 180 पटक पढिएको
  • गोली लागेर एकको मृत्यु

    दाङ / दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिएका छन् । घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रउ चन्दले बताए । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरे

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 148 पटक पढिएको
  • झापामा सात हजारलाई धनीपूर्जा दिने भूमि आयोगको तयारी

    बिर्तामोड / भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले आगामी तीन महीनामा सात हजार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने भएको छ ।भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि सरकारले गत वैशाखमा केन्द्रमा र त्यसपछि जिल्लामा आयोग गठन गरेको थियो ।  जिल्लामा धनीपूर्जा पाइसकेर जुनसुकै कारणले मालपोतमा श्रेस्ता कायम हुन नसकेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पहिलो चरणमा धनीपूर्जा वितरण गरिने आयोगका सदस्य मदन अधिकारीले जानकारी दिए । आयोगले हालसम्ममा श्रेस्ता कायम हुन नसकेका दुई हजार ११४ वटा निवेदन सङ्कलन गरिसकेको र

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 211 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.