बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका–५ बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय सुवास ताजपुरिया रहेका छन् । 

OM Sai Pathibhara Hospital

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ ग्राम ८०० मिलिग्राम  ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो । 

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।