उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिवार राती पौने १० बजे स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाईते भएको र घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 

OM Sai Pathibhara Hospital

ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको र घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।