समाज

    Showing 10,641-10,650 of 11,162 items.
  • माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    बिर्तामोड / झापा अर्जुनधारा नगरपालिका –११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय  दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 133 पटक पढिएको
  • जङ्गली च्याउ खाँदा एकको मृत्यु

    किमाथाङ्का / सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए ।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए । गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएको थियो । 

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 113 पटक पढिएको
  • नारायणीमा अवैध रुपमा माछा मार्ने २४ जना पक्राउ

    चितवन / चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका –२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 168 पटक पढिएको
  • हिमपात र वर्षाका कारण रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

    हुम्ला / केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए । बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनको दुःखेसो छ । उपचारका लागि सम्बन्धित

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 97 पटक पढिएको
  • जागिर छाडेर निःशुल्क खाना अभियानमा युवती

    चितवन / भरतपुर महानगरपालिका –१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरुलाई खाना बनाएर खुवाउन तल्लिन छिन् । चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका रहेकाहरुलाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्थिन् । उनले भनिन्, “आजभन्दा २१ दिनअघि चाउचाउ बिस्कुटबाट शुरु गरेको खाना खुवाउने अभियान अहिले आएर निःशुल्क खाना सेवा अभियानमा पुगेको छ ।” मानिस रोगले भन्दा भोकले मर्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 121 पटक पढिएको
  • १६ वर्षीय सोनामले गरे सगरमाथाको सफल आरोहण

    ताप्लेजुङ / मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए । दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए । यता पर्यटन व

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 127 पटक पढिएको
  • ‘साइको’ भनेको भन्दै , पुजनले यसरी गरे छिमेकीको हत्या

    विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिका –३ लोचनीका २३ वर्षिय पुजन राई छिमेकीको हत्या आरोपमा पक्राउ परेका छन् । करिब चार महिना अगाडी छिमेकी दाईले ‘साइको’ भनेको विषयलाई लिएर पुजनले ४० वर्षिय बिष्णु ऋषिदेवलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । हत्या आरोपमा पक्राउ परेका राई र मृतक ऋषिदेव छिमेकी हुन् । पूजनले बिष्णुलाई दाइ भनेर सम्बोधन गर्ने गरेको स्थानिय बताउँछन् । उनीहरूको एक सय मिटर दुरीको फरकमा घर रहेको छ । गत बिहीबार राती धारिलो हतियार दाउले ऋषिदेवको सुतेकै अवस्थमा घाँटीमा प्रहार गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी गराएका छन् ।&

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 438 पटक पढिएको
  • जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी

    किमाथाङ्का / सङ्खुवासभाको  सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौ जना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौ मध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौ जना बिरामी परेको वडाध्यक्ष कुलुङले जनाए । त्यस्तै बिरामी पर्नेमा उनका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नाति रहेका छन् । जङ्गली च्याउ खाएर शु

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 434 पटक पढिएको
  • पोखरीमा डुबेर युवाको मृत्यु

    कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका – ४ प्रगतिटोल स्थित डाँसखोला नजिक बनाएको पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । पौडी खेल्न क्रममा डुबेर पथरी शनिश्चरे नगपालिका  ८ मङ्लबारेका २९ बर्षिय बिनोद पाण्डेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शनिबार बेलुका साथीहरूसँग पाण्डे पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय पथरी, शसस्त्र प्रहरी बल शनिश्चरे र रमाइलो प्रहरी चौकीबाट खटिएको प्रहरीले संयुक्त रुपमा खोजि गरेर आइतबार  बिहान पाण्डेको शव पोखरीबाट मृत अवस्थमा फेला पारेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए । यस घटन

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 376 पटक पढिएको
  • महोत्तरीमा सात जनाको मृत्यु

    जलेश्वर / महोत्तरीका विभिन्न स्थानमा गए राति सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उनको मृत्यु भएको हो ।गएराति नै जिल्लाको बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएकोे छ ।  आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ  ।कोरोनाबाट पाँचजनाको मृत्युकोभिड–१९ सङ्

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.