बिर्तामोड / झापा अर्जुनधारा नगरपालिका –११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय  दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।