कानेपोखरी / मोरङ कानेपोखरी गाउँपालिका – ४ प्रगतिटोल स्थित डाँसखोला नजिक बनाएको पोखरीमा डुबेर एक जना युवाको मृत्यु भएको छ । पौडी खेल्न क्रममा डुबेर पथरी शनिश्चरे नगपालिका  ८ मङ्लबारेका २९ बर्षिय बिनोद पाण्डेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

शनिबार बेलुका साथीहरूसँग पाण्डे पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय पथरी, शसस्त्र प्रहरी बल शनिश्चरे र रमाइलो प्रहरी चौकीबाट खटिएको प्रहरीले संयुक्त रुपमा खोजि गरेर आइतबार  बिहान पाण्डेको शव पोखरीबाट मृत अवस्थमा फेला पारेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए । यस घटनाको विषयमा थप अनुसन्धान पनि भइरहेको उनले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

मृतकको शव पोस्माटमका लागि उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । अत्याधिक गर्मी बढेपछि डाँसखोला नजिक रहेको पोखरीमा पौडी खेल्न स्थानियको संख्या बढेको छ । गिहोरि रहेको पोखरीमा गर्मी छल्न कानेपोखरी र पथरिशनिश्चेरका बालवालिकादेखि युवाहरु यो पोखरीमा आउने गरेको छ ।