विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिका –३ लोचनीका २३ वर्षिय पुजन राई छिमेकीको हत्या आरोपमा पक्राउ परेका छन् । करिब चार महिना अगाडी छिमेकी दाईले ‘साइको’ भनेको विषयलाई लिएर पुजनले ४० वर्षिय बिष्णु ऋषिदेवलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । 

हत्या आरोपमा पक्राउ परेका राई र मृतक ऋषिदेव छिमेकी हुन् । पूजनले बिष्णुलाई दाइ भनेर सम्बोधन गर्ने गरेको स्थानिय बताउँछन् । उनीहरूको एक सय मिटर दुरीको फरकमा घर रहेको छ । गत बिहीबार राती धारिलो हतियार दाउले ऋषिदेवको सुतेकै अवस्थमा घाँटीमा प्रहार गरि हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

हत्या आरोपमा पक्राउ परेका राई मानसिक समस्या भएका युवा भएको छिमेकीले जानकारी गराएका छन् । उनले केही दिनयता औषधी पनि सेवन गर्दै आएको पारिवारीक सदस्यले जानकारी गराएका छन् । उनलाई विष्णुले करिब चार महिना अगाडी ‘साइको’ भनिदिएको र त्यही रिस फेर्न हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । 

यसरी भयो हत्या 

बिष्णु ऋषिदेव मजदुरी गर्दछन् । उनको श्रीमतिको मृत्यु भइसकेको छ ।  त्यही भएर लामो समयदेखि दुई छोराहरू मामा घरमा बस्दै आएका छन् । विष्णु बिहीबार दिउँसो १ बजे घर छेउँमा रहेको छिमेकीको होटलमा गएर मदिरा सेवन गर्दछन् । त्यसपछि साँझ भाइको घरमा खाना खाएर ८ बजे घरमा आएर सुत्छन् । 

विष्णु सुतेपछि पढदै गरेका पुजन उठछन् , रातको ११ बजे  । पूजनको घरमा सबै जना सुतेपछि भान्सामा रहेको बम्फर झक्छन र विष्णुको घरमा पुग्छन् । मस्त निन्द्रामा भएका विष्णु पश्चिम फर्केर कोल्टे भएर सुतेका हुन्छन् । त्यही बेला विष्णुको घाँटीमा सुजनले तीन पटक धारिलो हतियार दाउँले हानेर हत्या गर्छन् । 

हत्या गरेपछि दाउ धुएर सुत्छन पूजन 

विष्णुको हत्या गरेपछि दाउमा र पुजनको पैन्टमा रगत लागेको हुन्छ । हत्या गरेपछि उनी सिधै घरमा पुग्छन्, त्यसबेला रातीको १२ बजिसकेको हुन्छ । घर पछाडी रगत लागेको दाउ र पैन्ट पखालेर दाउ भान्छा कोठामा राख्छन् र  साढे १२ बजेपछि उनी सुत्छन् । 

सबेरै उठने विष्णु शुक्रबार विहान नउठेपछि स्थानिय उनकोे घरमा पुग्छन् । खाटभरी रगताम्य देखेपछि स्थानियले प्रहरीलाई खबर गर्छन् । तत्काल ईलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा नै पुगेर अनुसन्धान सुरु गर्छ । घटनाको अनुसन्धान गर्दै जाँदा विष्णुको हत्यामा सुजनको संलग्नता देखेपछि इलाका प्रहरी कार्यालय बेलबारीले शुक्रबार ८ बजे घरदेखि उनलाई पक्राउ गरेको छ । पक्राउ परेका  सुजनलाई प्रहरीले ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान गरीरहेको डिएसपी राईले जानकारी गराएका छन् ।