समाज

    Showing 10,581-10,590 of 11,162 items.
  • लागुऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –९ धौलापुरबाट लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका –५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका माथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७८
    • 638 पटक पढिएको
  • छाक टार्न समस्या भए ११८० मा फोन गर्न आग्रह

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।दोस्रो लहरको काभिड –१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग समन्वय गरी समस्यामा परेकालाई खाद्य सामग्री वितरण गरेको थियो ।“गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या प¥यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यलयमार्फत सहयोग गरिरहेका छौँ”, महानग

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 160 पटक पढिएको
  • चोरी तस्करी नियन्त्रण गर्न ड्रोन क्यामेराबाट निगरानी

    कञ्चनपुर / वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि यहाँ ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ । डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करी लगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालेको हो । दुईवटा ड्रोन क्यामेरा रु १० हजार भाडा तिर्ने गरी प्रयोगमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक ड्रोन क्यामेराको प्रयोग गरी वन क्षेत्रमा गस्तीको कार्यलाई अगाडि बढाइएको छ । डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत अजयविक्रम मानन्धरले ड्रोन क्यामेराको प्रभावकारिताका आधारमा आगामी आवमा कार्यालय आफैँले ड्रोन क्यामेरा खरिद गरी प्रयोगमा ल्याउने य

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 137 पटक पढिएको
  • कुखुरा नबिक्दा, किसान मारमा

    बागलुङ / बागलुङ नगरपालिका –३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् ।महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । “ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो ३२० रुपैयाँ बाट  २३० रुपैयाँ मा झरेको छ”, पुनले भने ।निषेधाज्ञाअघि ५०० रुपैयाँ बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ । “कुखुरा पालनमा खर्च धेरै छ,

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 111 पटक पढिएको
  • महामारीको मौका छोपी मूल्य वृद्धि गर्दै व्यापारी, मारमा उपभोक्ता

    सर्लाही / जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण दिनानुदिन बढ्दै गएको मौका छोपी जिल्लाका व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरी सामुदायिकस्तरमा फैलिन नदिन जिल्लाभरि निषेधाज्ञा जारी गरेसँगै जिल्लाका व्यापारीहरुले आफूखुसी खाद्यान्नसहित अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्य वृद्धि गरेका हुन् ।कोरोना भाइरसबाट सङ्क्रमित हुने चिन्ताले सताइरहेको बेला एकाएक सबैखाले उपभोग्य सामग्रीको बजार भाउ ब

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 113 पटक पढिएको
  • डेरी उद्योगमा नगरपालिकाको अनुगमन

    भक्तपुर / भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज डेरी उद्योगमा अनुगमन गरेको छ । डेरीको दूध वितरक कोरोना पोजिटिभ भएर पनि वितरण गर्दै हिँडेको जनगुनासो आएकोेले डेरीमा अनुगमन गरेको गोराले बताएका छन् ।अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडरमा मुसाको लिडहरू भएको, बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकाले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको उनले बताएका छन्। कामदार र वितरकलाई पिसिआर परीक्षण गराई स्वस्थ्य व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर मात्र बिक्री

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 143 पटक पढिएको
  • ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिइने

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई  ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ती जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने बताएका हुन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ज्यानको बाजी राखेर निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारलाई १० हजार रुपैयाँको नगदको सक्रिय पत्रकारिता प

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 153 पटक पढिएको
  • चट्याङ लागेर बालकको मृत्यु

    गलकोट / आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ । बडिगाड –५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 130 पटक पढिएको
  • सडक दुर्घटनाबाट २ जनाको मृत्यु

    विराटनगर / छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी सुनसरी र ईलामका २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र नगरपालिका –१० दाजुभाई चौक स्थितमा दक्षिण तर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालक बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक का ४५ बर्षीय भिम बहादुर कार्की ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको नियन्त्रणमा रहेको छ ।त्यस्तै इलाम नगरपालिका –११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोडबाट जितपुर त

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 227 पटक पढिएको
  • हत्याको आरोप लागेका युवक पुर्पक्षका लागि थुनामा

    जनकपुरधाम  / सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् ।गत वैशाख २० गते ईश्वरपुर नगरपालिका –१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर अगाडिको आँप बगैचामा आगोले जलेर घाइते भएका थिए । उनको उपचारको क्रममा वैशाख २१ गते काठमाडौंमा मृत्यु भएको थियो । उनलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा छिमेकी ३५ बर्षीय शिवजी साह र सुनीता साह पक्राउ परेका थिए ।सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा शिवजीलाई पुर्पक्षका लागि थु

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 121 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.