बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –९ धौलापुरबाट लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।  

बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका –५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका माथि  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।