गलकोट / आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ । 

बडिगाड –५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।