समाज

    Showing 10,351-10,360 of 11,162 items.
  • गोदावरीको सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो

    ललितपुर / गोदावरी नगरपालिकाभित्रका दुई शिवालय सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भएसँगै आज महादेवको दर्शन र आरधनाका लागि मन्दिरमा दर्शनार्थी आउनेक्रम बढेको हो ।वडा नं १३ स्थित विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेकाका साथै भएकाको रक्षाका लागि सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको सन्तानेश्वर महादेव मन्दिरमा दर्शन र पूजाका लागि बिहानैदेखि श्रद्धालुको भीड लागिरहेको सन्तानेश्वर संरक्षण तथा सम्वद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताएका छन्  । उनी भन्छन् , “मुलुकमा कोरोना महामारी बढिरहे पनि १५० रोपनी क्षेत्

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 113 पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गण्डकी / गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री खड्काले स्थलगत अवलोकन गरेर जानकारी लिएका हुन् । यस क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएको जनाउँदै उनले सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । वड

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 110 पटक पढिएको
  • लामो पुलमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

    गलकोट / बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ ।कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा न

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 124 पटक पढिएको
  • बालविवाह रोक्न समुदाय परिचालन गर्ने

    भक्तपुर / भक्तपुर नगरपालिकाले बालविवाह अन्त्य गर्न समुदाय नै परिचालन गर्ने भएको छ । नगरपालिकाले आज आयोजना गरेको बालविवाह अन्त्यका लागि समुदाय परिचालन विषयक अन्तक्र्रियामा सहभागीहरूले अहिले पनि बालविवाह नघटेकाले समुदाय नै परिचालन भएर जानुपर्ने बताएका हुन् ।कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर अध्यक्ष नारायणबहादुर दुवालले बालविवाह रोक्न सिङ्गो समुदाय परिचालन हुनुपर्ने बताएका छन् । अधिवक्ता अनिता जधारीले विसं २०७५ अगाडि १८ वर्षपछि मात्र बिहे गर्नेमा २०७५ पछि २० वर्षपछि मात्र बिहे गर्नुपर्ने प्रावधान नेपालको कानूनमैै उल्लेख भएको बताए । उनले २० वर्ष अगाडि बिहे गर्दा जन्मने बच्चाको नागरि

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 112 पटक पढिएको
  • आज मिथिलामा गुरुपूर्णिमा पर्व मनाइँदै

    महोत्तरी / महोत्तरी सहितका मिथिला क्षेत्रमा आज शनिबार गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ बस्त्रआभूषण फेराउने र मिष्टान्न भोजन गुरुलाई गराउने मैथिल परम्परा छ ।पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारु चहलपहल पनि ह्वात्तै बढाएको छ । गुरुका लागि बस्त्र, मिष्टान्न परिकार र फलपूmल किन्नेको भीडले अन्य बेला दिउँसो जम्ने यहाँका बजार आज बिहानै भरिभराउ देखिएका छन् । खासमा धार्मिक मठमा त पर्वका अवसरमा प्रवचन र गुरुपूजासहि

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 113 पटक पढिएको
  • कोरोना सङ्क्रमण बढेसँगै चितवनमा घटे आधा पर्यटक

    चितवन / कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६÷०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ । निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क रा

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 107 पटक पढिएको
  • सुकुम्बासी विहीन बन्दै मौवाखोला गाउँपालिका

    फुङ्लिङ / ताप्लेजुङको मैवाखोला गाउँपालिका सुकुम्बासी विहीन बन्ने भएको छ ।सुकुम्बासीलाई जग्गा खरिद गरी दिने प्रक्रिया शुरु भएसँगै अब मैवाखोला गाउँपालिका सकुम्बासी विहीन बन्ने भएको हो । यसका लागि चालू आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । सुकुम्बासीका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले गत हप्ता मात्र सोही गाउँपालिका–४ का निङ्मा फूर्वा शेर्पालाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको थियो । गाउँपालिकाले आफ्नो नाममा दुई रोपनी जग्गा पास गरिदिएपछि अब उनी सुकुम्बासी रहेनन् । जग्गा पास गरिदिन वडाध्यक्

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 123 पटक पढिएको
  • मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

    कञ्चनपुर / कञ्चनपुरमा मुक्त कमैया पुनर्स्थापनको कार्य पूरा भएको डेढ दशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको लालपूर्जा बमोजिमको जग्गाको पहिचान अहिलेसम्म हुन नसक्दा पूर्वकमैया अन्योलमा छन् ।लालपुर्जामा भएको जग्गा अले नै कमाउँदै आएको पूर्वकमैयाको भनाइ छ । लालपूर्जा पाएर पनि जग्गा पाउन नसकेपछि उनीहरु मजदुरी गरी जीविका चलाउँदै आएका छन् ।  सम्बन्धित बस्तीमा लालपूर्जा सहित पुगेर जग्गा खोज्दै हिँडे पनि धेरै परिवारले आफ्नो जग्गा पहिचान गर्न नसक्दा कष्टकर जीवन बिताउनु परेको मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरका अध्यक्ष

    • प्रकाशित मितिः साउन ८, २०७८
    • 108 पटक पढिएको
  • यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान

    काठमाडौँ / यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ । निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।सो ट्राफिक बत्तीको आज बिहान यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न सङ्घसंस्थाको सहक

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 325 पटक पढिएको
  • वरपीपल बचाउन झापामा नर्सरी अभियान

    झापा / शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लागेका छन् ।‘वरपीपल बा’ भनेर चिनिँदै आएका उनले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आएका छन् । निजी नर्सरीमा हुर्किएका वरपीपलका बिरुवा उनले सित्तैमा उपलब्ध गराउछन् । तर, बिरुवा लैजानेले हुर्काउन नसकेर बिरुवा मरेको थाहा पाएमा उनले प्रतिबिरुवा रु एक हजार जरिवाना तिराउने बताए ।विगत तीन वर्षमा उनको निजी नर्सरीमा पाँच हजारभन्दा बढी वर, पीपलका बिरुवा हुर्किसकेका छन् । बचाऊ अभियान भएको कारण बिरुवा लैजानेसँग पैसा नलिएको उनको भ

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.