गण्डकी / गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री खड्काले स्थलगत अवलोकन गरेर जानकारी लिएका हुन् । यस क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर भएको जनाउँदै उनले सम्बद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । 

OM Sai Pathibhara Hospital

वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले वर्षायामको बाढीका कारण यस क्षेत्रका सर्वसाधारण वर्षेनी समस्यामा परिरहेकाले यसको चाँडो समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछानेले वर्षात्का समयमा यस क्षेत्रका विभिन्न स्थानमा क्षति पुग्ने गरेको जनाउँदै समस्याको समयमा नै समाधान नखोजेमा दीघकालीनरुपमा ठूलो असर पार्ने बताएका छन् । 

नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत थापा, गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेस वडा नं ३२ का सचिव किसन परियार, नेपाल तरुण दल वडाका पूर्व अध्यक्ष कीर्तिराज खनाललगायतले यस क्षेत्रमा बाढीले पार्ने गरेको प्रभाव र समाधानका उपायलगायतका विषयमा मन्त्री खड्काको ध्यानाकर्षण गराएका थिए ।