समाज

    Showing 10,091-10,100 of 11,162 items.
  • देशभरको मौसम आंशिक देखि सामान्य बदली

    बिर्तामोड / आज देशका पहाडी तथा हिमाली भूभागमा मौसम सामान्यतया बदली रहने छ ।। त्यस्तै तराईका भूभागमा पनि सामान्यतया आंशिक वदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानको समयमा देशका तराई भू–भागका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने छ ।तर अपरान्ह पछि भने क्रमिक रुपमा मौसम सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • 153 पटक पढिएको
  • ढिस्को खसेर पुरिँदा दुईको मृत्यु, तीन घाइते

    बुटवल  / बुटवल उपमहानगरपालिका –११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरू पुरिएर घाइते भएका थिए।घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।पन्थीका अनुसार २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 205 पटक पढिएको
  • आगो ताप्दा जलेर वृद्धाको मृत्यु

    सर्लाही / सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका –११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरले बताए ।अहिले मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो बढेको छ । पछिल्लो एक साता यताको शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जाडो छल्न सर्वसाधारणले आगो बालेर ताप्दै आएका छन्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 125 पटक पढिएको
  • मौसम : ३ दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात

    बिर्तामोड /आजदेखि मौसममा केही खराबी आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू(भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ । त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू९भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 227 पटक पढिएको
  • वर्षमा दुई पटक मात्तिन्छन् ध्रुवे, रोनाल्डो र गोविन्दे !

    चितवन / समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्।यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन्। मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन्।उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन्। ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन्।गत एक महिनायता गोविन्दे र ध्रुवेले एक/एक जना

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 157 पटक पढिएको
  • इलाममा युवती हत्यामा संलग्न पक्राउ

    इलाम / युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ ।सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताए । 

    • प्रकाशित मितिः पुस २९, २०७८
    • 152 पटक पढिएको
  • गुल्मीबाट पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ

    गुल्मी /  गुल्मीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका –१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जुवा तास खेलिरहेको ठाउँबाट एक बुक खोलेको र दुई बुक नखोलेको तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 251 पटक पढिएको
  • कोरोना सङ्क्रमण त्रास बढेसँगै सीमाक्षेत्रमा घर फर्कनेको लर्को

    महोत्तरी  / रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरूको सङ्ख्या अधिक पाइएको छ ।दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लो घर पल्लोघर गएआए जस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्ती पिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।जिल

    • प्रकाशित मितिः पुस २७, २०७८
    • 162 पटक पढिएको
  • वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं / शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानग

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 180 पटक पढिएको
  • गोठालो गएका व्यक्तिमाथि बाघको आक्रमण

    कावासोती  / नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु नगरपालिका–१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई शनिबार बाघले आक्रमण गर्दा घाइते भएका हुन् ।भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको छ। बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि ल्याएका थिए।मध्यविन्दुमा सामान्य उपचारपछि भरतपुर सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताए। नवलपुर

    • प्रकाशित मितिः पुस २५, २०७८
    • 194 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.