बुटवल  / बुटवल उपमहानगरपालिका –११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरू पुरिएर घाइते भएका थिए।

OM Sai Pathibhara Hospital

घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

पन्थीका अनुसार २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।