सर्लाही / सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । 

गोडैता नगरपालिका –११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

अहिले मधेश प्रदेशका जिल्लामा अत्यधिक चिसो बढेको छ । पछिल्लो एक साता यताको शीतलहर र जाडोका कारण जनजीवन कष्टकर बनेको छ । जाडो छल्न सर्वसाधारणले आगो बालेर ताप्दै आएका छन् ।