काठमाडौं–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन्।आज मुख्यमन्त्री निवासमा मोरङका सञ्चारकर्मीहरूसँग देउसी खेल्नका क्रममा उनले तिहार जस्ता चाडहरूले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव र एकतामा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस वर्ष प्रदेशमा आयोजना हुने लगानी, चिया सम्मेलन, र ुकोशी प्रदेश पर्यटन वर्ष, २०८२ु कार्यक्रमहरूले आर्थिक गतिविधि र रोजगार वृद्धि गर्दै नागरिकको जीवनस्तर उकास्नमा मद्दत गर्ने जानकारी गराए । मुख्यमन्त्री कार्कीले पत्रकारहरूलाई ती कार्यक्रमहरूलाई सफल बनाउन सहयोग गर्न अनुरोध गर
प्यूठान – माडी नदीले बगाएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र स्वर्गद्वारी-३ चिराबारीका ६३ वर्षीय दामोदर खनालको शव फेला परेको हो।बुधबारदेखि हराइरहेका अधिकारीको शव शुक्रबार दिउँसो २ बजे भिंगृस्थित तापा र बर्जिबाङ जोड्ने बेली ब्रिजबाट दुई सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै, स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएका खनाललाई बेली ब्रिज नजिक नुहाउने क्रममा नदीले बगाएको थियो। खनालको शव गोठिबाङको घण्टीखोला दोभानमा फेला परेको छ।
काठमाडौं–गृहमन्त्री रमेश लेखकले चाडपर्वले परिवार र समाजलाई मात्र होइन, मानवीय महत्व पनि राख्ने बताएका छन् । पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वले मानिसहरूलाई नजिक ल्याउने र सम्बन्धलाई बलियो बनाउने बताएका हुन् । उनका अनुसार कामका कारण मानिसहरू टाढा हुनुपर्छ, चाडपर्व नमनाउँदा परिवारमा दूरी बढ्न सक्छ र नातागोता अपरिचितजस्तै बन्न सक्छन् । चाडपर्वको सामाजिक र मानवीय दुवै महत्व छ । गृहमन्त्री लेखकले समाज निर्माणका लागि चाडपर्व आवश्यक रहेको औँल्याउँदै यस्ता अवसरमा जमघटमा सहभागी हुनुको ठूलो महत्व रहेको बताएका छन्
काठमाडौं–गत सोमबारदेखि मुग्निलबाट बेपत्ता भएकी १९ वर्षीया छात्रा बिपना चौधरीको शव नवलपुरको नारायणी नदीको किनारमा फेला परेको छ। बिपना, जो नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्, मध्यविन्दु नगरपालिका-४ लुस्लहरीकी निवासी हुन्।बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेहरूले शव देखेर प्रहरीलाई खबर गरेका थिए। राति नै शवलाई मध्यविन्दु जिल्ला अस्पताल डन्डामा ल्याई पोष्टमार्टम गरिएको छ, र शव बिपनाकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।बिपना क्याम्पसका कक्षा ११ र १२ का साथीहरूसँग कात्तिक १२ गते पिकनिकका लागि तनहुँको बन्दिपुर गएकी थिइन्। फर्
काठमाडौं–नुवाकोटस्थित लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको ज्यान गएको हो।दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्, जसको हाल काठमाडौस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं–काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रको चटपटे र किराना पसलमा गएराति आगलागी हुँदा चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । सौभाग्यविक्रम शाहको घरमा सञ्चालनमा रहेको उक्त पसलमा भएको आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रामहिटीबाट आएको दमकलले राति नै आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुमान अनुसार, दीपावलीको बत्तीबाट आगलागी भएको मानिएको छ ।
पोखरा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तिहार हिरासतमै हुने भएको छ।सभापतिलामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको म्याद बिहिबारबाट सकिए पनि सार्वजनिक बिदाले तिहार हिरासतमै हुन लागेको हो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका उनको सरकारी वकिलको कार्यालयमा बयान सकिएको हो ।सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ। कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुम
बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिका–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनको काटेको खर थुपार्ने क्रममा लेक भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। उनी करीब एक सय मिटर तल खसेकी थिइन्।
काठमाण्डौ । अदालतमा विचाराधीन गौशाला धर्मशाला विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला अदालत काठमाडौंले पूर्ण पाठ नदिँदै पाटन उच्च अदालत पुगेको मारवाडी सेवा समितिको मोहीयानी हक नलाग्ने व्याख्यासँगै यो विवाद नयाँ सिरामा प्रवेश गरेको छ ।जिल्ला अदालतको फैसला लगत्तै जग्गा धनी पशुपति क्षेत्र विकास कोषले २०६० जेठ १२ गते धर्मशाला सञ्चालन सम्बन्धमा भएको सम्झौता खारेज भइसकेको र उक्त खारेजीलाई न्यायालयले समेत वैधता प्रदान गरेको भनी पूर्णपाठ नआउँदै आफुहरुको पूर्ण स्वामित्वमा फर्किएको भन्दै खुसीयाली मनाएको थियो ।अदालतको आदेश लगत्तै कोषले धर्मशाला मारवाडी सेवा समितिबाट मुक्त भएको र काठमाडौं महानगरपालिकासँ
काठमाण्डौ । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायात देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बाग्मती र गण्डकी प्रदेशका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.