काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, लुम्बिनी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।