धनगढी । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु गरेको बताइन ।आज नेपाल प्रेस युनियन कैलालीले धनगढी विमान स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रमणको तयारी भइरहेको बताउछिनl उनले भ्रमणका लागि प्रारम्भिक एजेण्डा बनाइरहेको बताउँदै आफू काठमांडू फर्केपछि प्रधानमन्त्रीसँग बसेर यस बारे छलफल अगाडि बढाउने र निर्णय समेत गरिने बताइन ।“चीनसंग कुन कुन सम्झौता भएका छन् र ती सम्झौता कहाँ पुगे भनेर जानकारी लिने काम भएको छ”, परराष्ट्र मन्त्री राणाले भनिन ,“मेरो मन्त्रालयले पनि यसमा गृह कार्य गरिरहेको छ ।” चीन र भारत नेपालको छिमेकी
काठमाडौं— गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको गौशाला प्रहरी वृतले जनाएको छ । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ । त्यस क्षेत्रमा पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्नेछ।चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जना
काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा आज बिद्यमान समस्या रहेको बताए ।शुक्रबार काठमांडूमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताए । उनले भने यो विषय संसदमा पनिबृहत छलफलको विषय हो।यस बिषयमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको रूपमा नसमेटिएकालाई कसरी नागरिकता दिने भन्ने बारे कार्यदल नै बनाइ काम गरिरहेको जानकारी दिए । उनले कार्यदलले प्रतिवेदन दिइ सकेपछि सरकारले चाँडै कानुन ब
बुटवल— बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान बिहीबार साँझ अबेर सकिएको थियो ।लामिछानेलाई शुक्रबार बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे एक बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।विमानस्थल खुल्नेबित्तिकै लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जा
काठमाण्डौ । गत जुनमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि बताइयो।थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट सो जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले बताइन ।“टुकुचाखोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने यनिक गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना सङ्कलन गरेर पटक-पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस फेला पारेनाैा”, उनले भने, “यदि सो भाइरस सङ्क्रमण भएको स्थितिमा खोलाको ढलको नमूनामा फेरि त्यो भेटिन्थ्यो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गर
काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।कांग्रेसका प्रतिनिधि सभा सदस्य बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका हुन् ।मन्त्री पाण्डेका सचिवालयमार्फत पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिइएको छ । पाण्डेको उजुरी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ ।सांसद बजगाईंले मन्त्री पाण्डेले घुस खाएको आरोप लगाएका थिए । सामाजिक सञ्जालमा बजगाईंले मन्त्री पाण्डेले भैरहवामा क्यासिनोका लाइसेन्स वितरण गर्ने क्रममा घुस खाएको आरोप लगाएका थिए
सिन्धुपाल्चोक । दसैँ, तिहार र जाडो मौषमका लागि आबश्यक चिनियाँ सामान नेपाली व्यापारीले चिनियाँ क्षेत्रमा अडकिएकै कारण काठमांडू ल्याउन सकिरहेका छैनन । ती अड्किएका सामानमा फलफूल र जाडो मौषमका लत्ताकपडाहरु रहेका छन् । सेप्टेम्बर २७को अविरल वर्षापछिको बाढीपहिरोले चिनियाँ क्षेत्र र तातोपानी क्षेत्रका सडक अवरुद्ध हुँदा ती सामान रोकिएको पनि दुई महिना बित्न लागेको छ । सामान खासा र केरुङको गोदाममै थन्किएपछि व्यापारी व्यवसायीहरु चिन्तित रहेको को सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले गुनसो पोख्छन । फलफूल कुहिने र लत्ताकपडा र रेडिमेड सामानको फेसन डेट आउट हुने
काठमाण्डौ । पुराना र २०२२ बाट सञ्चालनमा आएका नयाँ ब्रोकरहरूको अलग–अलग संगठन रहेकोमा यी दुई ब्रोकर संगठनबीच मर्जर भएको छ।हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएसन र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता भएको हो।मर्जर भएपछि निर्माण भएको स्टक ब्रोकर्स एसोसिएसनको आउदो दिसंबर ५ मा साधारण सभा हुँदैछ। सो साधारण सभाले नयाँ नेतृत्वको समेत चयन गर्नेछ।
चितवन । जाडो शुरु भएसँगै जाडो मनाउन विभिन्न देशका पंक्षी चितवन आउन थालेका छन् । चितवनका तीन नदीमा कम्बोडिया, चीन, साइबेरिया, रुसलगायत देशका चराचुरुङ्गी यहाँ आउने गर्दछ ।नेपालका पक्षी अनुसन्धानबिदका अनुसार राप्ती, नारायणी र रिउ नदीमा ४० भन्दा बढी प्रजातिका चराहरु बाहिरबाट आएका छन र आउने क्रम बढ़ेको बताएका छन । उनिहरु भन्छन , ‘अहिले स्थानीय नदहरुका किनारमा पर्यटकहरु आउने क्रम पनि बढ़ेको छ । यससँगै चरा हेर्न पर्यटकहरु पनि आउने गरेका छन् ।चखेवा, जलेवा , कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु यहाँ आएको उनले
काठमाण्डौ । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्।म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान करिब ४ बजे शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाका मृतकहरूको शव घटनास्थलमै छ। उनीहरूको पहिचान खुलिसकेको छैन। उद्धार कार्य जारी रहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.