मेष - बौद्धिक तथा सृजनात्मक गतिविधिमा सफलता मिल्नेछ। व्यवसायिक लाभको संकेत छ। पारिवारिक भेटघाट, स्वादिलो भोजन र रमाइलो यात्राको सम्भावना पनि देखिन्छ।
वृष - धन प्राप्तिको योग छ। स्वास्थ्य सबल रहनुका साथै चुनौतीबीच पनि अपेक्षित कार्य पूरा हुन सक्छ। कृषिक्षेत्र लाभदायक बन्नेछ।
मिथुन - रचनात्मक कार्यमा व्यस्तता बढ्नेछ। परिश्रमअनुसारको उपलब्धि अलि ढिलो मिल्न सक्छ। नयाँ कारोबार र सामाजिक सम्बन्धबाट लाभको संकेत छ।
कर्कट - स्वास्थ्यमा कमजोरीको अनुभव हुन सक्छ। खर्चमा वृद्धि र पारिवारिक सम्बन्धमा तनावको सम्भावना देखिन्छ। संयमता आवश्यक छ।
सिंह - पारिवारिक सुख अनुभव गरिनेछ। अध्ययन तथा व्यवसायमा प्रगति हुनेछ। आर्थिक पक्ष सबल बन्ने संकेत छन्।
कन्या - मेहनतको प्रतिफल ढिलो मिल्ने सम्भावना छ। विवादबाट जोगिनु उचित हुनेछ। आयस्रोत सामान्य रहनेछ भने अध्ययनमा थप मेहनत आवश्यक छ।
तुला - उत्साह बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। घुमफिरको अवसर प्राप्त हुनेछ। विद्यार्थीलाई अध्ययनमा मन लाग्नेछ।
वृश्चिक - महत्त्वपूर्ण काममा अवरोध आउन सक्छ। शारीरिक कमजोरी र पढाइमा चासो घट्न सक्छ। काममा ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।
धनु - दिन फलदायी रहनेछ। रमाइलो यात्रा र विगतको प्रयासबाट लाभ प्राप्त हुनेछ। सामान्य प्रयत्नबाट ठूलो उपलब्धि सम्भव छ।
मकर - मेहनती प्रयासले सफलता मिल्नेछ। दीर्घकालीन योजना कार्यान्वयनका लागि उपयुक्त समय छ। पारिवारिक तथा शैक्षिक पक्ष सुदृढ रहनेछ।
कुम्भ - काममा ढिलासुस्ती देखिए पनि निष्कर्ष सकारात्मक रहन सक्छ। पारिवारिक वा प्रेमसम्बन्धी सामान्य मतभेद समाधान योग्य देखिन्छ।
मीन - समय प्रतिकूल रहन सक्छ। आर्थिक हानि र सामाजिक असहयोगको सम्भावना देखिन्छ। जीवनसाथीको स्वास्थ्य र विद्यार्थीको ध्यान अध्ययनमा केन्द्रित गराउनु आवश्यक छ।